डडेल्धुरा । एलायन्समा विश्वास घात भएका कारण नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको निर्वाचन बाट अध्यक्ष पदमा पराजित भएको निस्कर्ष निकालिएको छ । चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ डडेल्धुराको निर्वाचनको समिक्षा गर्न शुक्रबार बसेको प्रेस युनियन डडेल्धुराको बैठकले एलायन्स अनुसार भोट नदिए पछि अध्यक्ष पद गुमेको निस्कर्ष निकालेको हो ।



समिक्षा बैठकका सहभागिहरुले महासंघको निर्वाचनमा गरिएको सहकार्यमा प्रेस चौतारीको माधव नेपाल पक्ष धरका उत्तर बिष्टको प्यानलले धोका दिए पछि निर्वाचन हारिएको धारणा राखेका थिए । केन्द्रमा गरिएको सहकार्य अनुसार डडेल्धुरामा पनि प्रेस युनियन र प्रेस चौतारी बिच सहकार्य गरी निर्वाचनमा सहभागि हुने हस्ताक्षर गरीएको थियो ।
सोही अनुसार प्रेस युनियन डडेल्धुराले मनोनयन गरेका कोषाध्यक्ष, सह–सचिव, समावेशी सह–सचिव, केन्द्रिय परिषद सदस्यका साथै जिल्ला कमिटि सदस्य बाट नाम फिर्ता लिएर माधव नेपाल पक्षकालाई निर्विरोध निर्वाचित गरएको प्रेस युनियन डडेल्धुरा अध्यक्ष धनबहादुर भण्डारीले बताए । आफुहरु केन्द्रकै निर्देशन अनुसार निर्वाचनमा होमिएको भए पनि साझेदार बनेको प्रेस चौतारी नेपाल माधव समुहको धोकाका कारण प्रेस युनियनले अध्यक्ष गुमाएको हो ।
आगामी दिनमा सजग भएर अगाढी बढ्ने पाठ सिकाएको अध्यक्ष पदमा पराजित भएका बरुण पनेरुले धारणा राखेका थिए । प्रेस चौतारी नेपाल माधव समुह डडेल्धुराका उत्तर बिष्टलाई आफुहरुले मत दिएको भए पनि बिष्टले आफुले गरेको हस्ताक्षरलाई लत्याएको प्रेस युनियन सुदुरपश्चिम प्रदेश संयोजक लालबहादुर ऐरीले बताए ।
डडेल्धुरामा मिलेको धोकालाई आफुहरुले कहिलै नबिर्सने गरी पाठ सिकेको उनले बताए । आगामी दिनमा अझ सशक्त र एकता बद्ध भएर युनियनले अगाढी बढ्नु पर्ने प्रेस युनियन डडेल्धुराका निर्वतमान अध्यक्ष टेकराज अवस्थीको भनाई छ ।
ऐरीले जनाएका थिए बोहरालाई सर्मथन
केन्द्रको सहकार्य अनुसार डडेल्धुरामा पनि सहकार्य गर्नकै लागि लालबहादुर ऐरीले आफुले दिएको उम्मेदवारीमा समर्थन जनाएका थिए । प्रेस संगठनका उम्मेदवार भुवन बोहरालाई समर्थन दिदै ऐरीले केन्द्रीय परिषद सदस्य बाट उम्मेदवारी फिर्ता लिएका हुन् । ऐरीले उम्मेदवारी फिर्ता लिएको भए पनि ३६ मत पाएका थिए ।
आफुलाई मत दिएर अर्को पक्षले आफ्नो बदनाम गर्न खोजेको ऐरी बताए । ‘मैले प्रेस संगठनका उम्मेदवार भुवन बोहरालाई समर्थन गरेको हुँ ।, उनले भने ‘मेरो कम मतलाई देखाएर सामाजिक सञ्जालमा राखेर पराजित भएको देखाउँन खोजिएको छ ’ । ऐरी प्रेस युनियनका सुदुरपश्चिम संयोजक पनि हुन् ।
युनियन र चौतारीलाई धोका दिई जितेको अध्यक्ष र अन्य पद
केन्द्रको एलायन्स प्रेस युनियन, प्रेस चौतारी माधव पक्ष र अन्य गरी ११ संगठनका बिच भएको थियो । एलायन्स अनुसार जिल्ला विभिन्न संगठनका भागमा परेका थिए । डडेल्धुरा प्रेस युनियनका भाग परेको थियो । भागभण्डाका आधारमा एउटा संगठनले अध्यक्ष पाए अर्काेले उपाध्यक्ष, सचिव लगायतका अन्य पद पाउने सम्झौतामा एलायन्स भएको थियो ।
डडेल्धुरामा एलायन्स तोड्दै प्रेस चौतारीका दुई वटै समुह (केपि ओली र माधव नेपाल) पक्षका पत्रकारहरुले उम्मेदवारी दर्ता गएका थिए । यो बिषयले केन्द्रकै एलायन्स भाडिने अवस्थाको सिर्जना भयो । अन्तिम चरणमा अध्यक्ष पदका उम्मेदवार नै माधव पक्षमा गएको उनका नेता उत्तर बिष्टले बताएका थिए । उनि माधव पक्षमा गएको भनि भ्रम फैलाई बिष्टले आफ संग भएका केही भोटर ल्याएर फेरी जिल्ला कमिटीमा पाँच जनालाई सर्वसम्मत गराए ।
आफ्ना पक्षका लाई सर्व सम्मत बनाई बिष्ट आफु र अध्यक्ष लाई जिताउने अभियानमा जुटे । युनियनले विश्वास गर्ने ठाँउ थिएन । तर पनि चौतारी लगायतका अन्य संगठनले सयुक्त प्रेस विज्ञप्ति निकाले । अध्यक्ष पदका उम्मेदवार हिक्मत सिंहलाई कार्वाही गरेको पत्र पनि सार्वजनिक गरियो । तर निर्वाचनमा भोट भने सिंह लाई गयो र १८ मतको अन्तरले प्रेस युनियका तर्फ बाट एलायन्स भनिएका पनेरु हारे ।
प्रेस चौतारी ओली पक्षलाई पनि घात
प्रेस चौतारी ओली पक्षलाई पनि माधव पक्षले घात गरेको छ । चुनाव भन्दा एक दिन अघि ओली पक्षमा गएका भनिएका सिंह अध्यक्षमा निर्वाचित भए पनि अन्य उम्मेदवारहरु भने निर्वाचित भएन्न । चौतारी ओली पक्ष बाट उपाध्यक्ष खुल्ला तर्फ हरिश चन्द, महिला तर्फ लक्ष्मि ऐर, सचिवमा लोकेन्द्र ओझा, केन्द्रिय परिषद सदस्यमा छत्रबहादुर साउद र मानबहादुर साउदको उम्मेदवारी परेको थियो । मानबहादुर साउद निवर्तमान अध्यक्ष हुन भने छत्र बहादुर साउद पुर्व अध्यक्ष हुन ।
चौतारी ओली पक्ष बाट जिल्ला कार्यसमितीमा दुई महिला र प्रदेश परिषद सदस्यमा भने एक जना विजयी भएका छन ।
कसको मतको अन्तर कति
निर्वाचन पछि निर्वाचन कमिटीले अबेर राती मत परिणाम दिएको थियोे । राती करिब २ बजेको समयमा महासंघ केन्द्र, प्रदेश र जिल्लाको नतिजा आयो । तर सार्वजनिक भने २६ गते बिहान ११ बजे पछि गरिएको थियो ।
चौतारी बाट अध्यक्षका उम्मेदवार हिक्मत सिंहले ५४ भोट ल्याए । उनका प्रतिद्धन्दि युनियनका बरुण पनेरुले ३६ मत पाए । युनियनका बागी उम्मेदवार मदनराज भट्टले १ मत पाए ।
उपाध्यक्षमा एलायन्स तर्फका गणेश रोकाले ५१ मत पाएर विजयी भए । उनका प्रतिद्धन्ति चौतारी ओली पक्षका उम्मेदवार हरिब चन्दले ३९ मत पाए ।
उपाध्यक्ष महिला तर्फ युनियनका निर्मला भट्टले ५७ मत पाएर विजयी भईन । उनका प्रतिद्धन्दि चौतारी ओली पक्षका लक्ष्मि ऐरले ३२ मत पाईन ।
सचिवका उम्मेदवार युनियनका पुष्कर भण्डारीले ५५ मत पाएर विजयी भए । चौतारी ओली पक्षका लोकेन्द्र ओझाले ३५ मत पाए ।
सदस्यहरुमा क्रमश चौतरीका टिकाराम साउद ७५, हर्कबहादुर चन्द ७०, माधवी भट्टले ४९ मत पाएर विजयी भए । युनियनका आषिश मल्ल ६८, दिपकराज भट्ट ५० मत पाएर विजयी भए । एलायन्स तर्फ प्रेस सेन्टरका भिम खत्रीले ५५ मत पाएर विजयी बनेका छन ।लिपुलेक न्युज बाट साभार

























