धनगढी,२७ चैत । सुदूरपश्चिम प्रदेश उसु संघको प्रथम भेलाले सर्वसम्मत रुपमा दुष्यन्त बस्नेतको अध्यक्षता नयाँ कार्य समिति चयन गरेको छ । बस्नेत उसु संघका बर्तमान प्रादेशिक उपाध्यक्ष समेत हुन ।



धनगढीमा आज (शुक्रवार) सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिको प्रमुख आतिथ्यमा भएको भेलाले संघको उपाध्यक्षमा राजीव गुप्ता, सचीवमा अस्मिता जोशी(अन्तरास्ट्रिय निर्णायक), कोषाध्यक्ष उत्तमराम बस्केललाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै भेलाले संघको सदस्यहरूमा श्रद्धा बलायर, दीपक सिंह भण्डारी, चेतराज भण्डारी, नवीन गाहामगर र दिनेशराज भट्टलाई सर्वसम्मत चयन गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल उसु संघका महासचिव लाक्पा छिरिङ लामाले सपथ ग्रहण गराएका थिए ।नव निर्वाचित पदाधिकारीहरुलाई सामाजिक बिकास मन्त्री सुवेदी र नेपाल उसु महासंघका केन्द्रिय उपाध्यक्ष हरि थापाले प्रमाणपत्र र दोसल्लाले सम्मानित गरेका थिए ।

























