काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चारजना मन्त्रीहरूलाई संविधानको धारा ७८ (१) अनुसार शपथ ग्रहण गराएकी छिन्।



शीतल निवासमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जनाएका छन्।
Views: 216

























