काठमाडौँ,२७ चैत । सांसद पद गुमाएका चार जना नेता फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई आजै पद तथा गोपनीयताको शपथ गराइने भएको छ।



नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद बिहीबार खारेज गरिएको थियो। सांसद पद गएसँगै उनीहरूको मन्त्री पद पनि स्वतः गुमेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई फेरि आज मन्त्री नियुक्त गरेका हुन्। आज बेलुका ५ बजे शपथ कार्यक्रम तोकिएको छ।

Views: 150

























