इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ ।



मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्दैछन्।
Views: 172

























