दार्चुलामा एक युवकको मृत्यु भएको छ । लेकम गाउँपालिकामा –५ अम्कुर, बस्ने देबसिह बोहराका छोरा अन्दाजि ३५ बर्षीय रामसिह बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



जयपुर सामुदायिक बनमा काठ चिरान गरी बुधबार साझसम्म घर नफर्कदा परिवारले खोज तलास गर्दा बिहिवार बिहान १० बजे तिर जयपुर सामुदायिक बनको जेठबहुरानी नजिक भिरबाट लडेर मृत्यु भएको अवस्थामा बोहराको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।
Views: 143

























