२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

कोरोना महामारी फेरि बढे देशै ठप्प पार्ने अवस्था आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै मुलुक समृद्धिको बाटोमा रहेको बताएका हुन् ।

सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उनले बताए ।

उनले सरकार अल्पकालीन र दिर्घकालीन विकासको गतिमा अघि बढेको पनि धारणा राखे । प्रधानमन्त्री ओलीले मुलुकको विकासको अभियानमा राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह पनि गरे ।

७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उनले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको उल्लेख गरे ।

नेपालले अब आयातलाई भन्दा निर्यातलाई बढावा दिनुपर्ने र आवश्यक उत्पादन नेपालमा नै गर्नुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले पार्टीमा दुई अध्यक्ष हुँदा सरकार र पार्टी सञ्चालमा समस्या भएको भन्दै व्यवधानलाई पन्छाउँदै अघि बढेको जिकिर गरे । त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने भन्दै भयावह अवस्था आए देशै ठप्प पार्ने अवस्था आउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताए । त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताए । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।