२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार

ओली सरकारका चार मन्त्रीको सांसद पदसँगै मन्त्री पद पनि गयो

केपी शर्मा ओली सरकारका चार मन्त्रीको सांसद पद गएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भई नेकपा (एमाले)तर्फ गएका उनीहरुले राजनीतिक दल त्याग गरेको सूचना नेकपा (माओवादी केन्द्र)ले गएको मंगलबार संसद् सचिवालयमा दर्ता गराएको थियो ।

आज त्यो सूचना सभामुखले संसद्मा पढेर सुनाएसँगै मन्त्रीहरु प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझीको पद रिक्त भएको हो । सांसद पद गएसँगै उनीहरुको मन्त्री पदसमेत समाप्त भएको छ । प्रधानमन्त्रीले उनीहरुलाई पुनर्नियुक्ति नदिए उनीहरु मन्त्री पदमा रहने छैनन् ।

पुनर्नियुक्ति भएमा बढीमा ६ महिनासम्म उनीहरुले मन्त्री पदमा बस्न पाउनेछन् । त्यस अवधिमै उनीहरु सांसद भएमा मन्त्री पदमा निरन्रता पाउन सक्नेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।