२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा आगामी भदौ देखि सञ्चालन हुने

कैलाली कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन्।

नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गतका फरक÷फरक तहका परीक्षा आगामी भदौ तेस्रो सातादेखि सञ्चालन हुने भएका हुन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम र तृतीय सेमेस्टरका परीक्षाहरु कोरोनाको अवस्था सहज भएमा भदौ तेस्रो सातादेखि सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Image may contain: text

यसैगरी स्नातक पाँचौ र साताँै सेमेस्टर तथा बिबिएस प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्षका परीक्षाहरु असोज दोस्रो साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ।

साथै स्नातकोत्तर तह प्रथम र तृतीय सेमेस्टरका परीक्षार्थीलाई समेत उक्त समयमा तयारी अवस्थामा रहन भनिएको छ।

परीक्षासम्बन्धी विस्तृत समय तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए।

उक्त मितिमा परीक्षाका लागि सम्बन्धित सरोकारवाला क्याम्पस तथा विद्यार्थीलाई तयारी अवस्थामा रहन पनिकाले आग्रहसमेत गरेको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।