२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

खबरदारी न्युजका सम्पादक भट्ट पत्रकार महासंघ डडेल्धुराको सदस्यमा विजयी

नेपाल पत्रकार महासंघ डडेल्धुराको खुल्ला सदस्य पदमा खबरदारी मिडिया हाउसका सम्पादक दिपक राज भट्ट विजयी भएका छ्न । उनी बिगत ३ बर्ष देखि डडेल्धुरा जिल्ला बाट पत्रकारिता गर्दै आएका छन ।

नेपाल पत्रकार महासंघ डडेल्धुराको अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी (माधव नेपाल समूह) लगायतका १२ वटा संगठनको संयुक्त प्यानललाई पराजीत गर्दै प्रेस चौतारीका सिंह विजयी भएका हुन्।

सिंह ५६ मत पाएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी संयुक्त प्यानलका बरुण पनेरुले ३६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा सिंह विजयी भएपनि अन्य सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन्।

उपाध्यक्षमा संयुक्त प्यानलका गणेश रोका, महिला उपाध्यक्षमा निर्मला भट्ट, सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा, सह सचिवमा भुपेन्द्र बिष्ट, सह सचिव समावेशीमा प्रकाश पार्की विजयी भएका छन्।

यस्तै सदस्यहरुमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भिम खत्री, दिपक राज भट्ट,ममता भट्ट, भावना पौडेल, दलित सदस्यमा भक्त गाहामगर र आदिवासी जनजाती सदस्य विमल जैरु निर्वाचित भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।