काठमाडौँ,२५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणबाट बच्न शैक्षिक संस्थाहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।



काठमाडौं, पोखरा लगायत शहरमा विद्यालय जाने उमेर समूह अधिक संक्रमित भएको भेटिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयले बुधबार निर्णय गरेको सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।
Views: 283

























