२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम मेयर कप महिला टी-२० क्रिकेटकाे फाइनलमा

काठमाडौँ,२५ चैत । सुदूरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । यो जितसँगै सुदूरपश्चिम फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई आठ विकेटले हरायो ।टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनायो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । लुम्बिनीका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन ।

कमजोर सुरुवात गरेको लुम्बिनीले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३७ रन हुँदा दोस्रो विकेट खेर फालेको लुम्बिनीले ५१ रनमा तेस्रो विकेट झार्न पुग्यो ।उसका मध्यक्रमका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेन । उसले स्कोरबोर्डमा अरु ११ रन थप्दा अरु ६ विकेट गुमायो ।

बलिङमा लक्ष्मी साउदले चार ओभरमा मात्र १७ रन खर्चिएर चार विकेट लिइन । यस्तै रितु कनोजियाले तीन विकेट हात पारिन ।जवाफमा सुदूरपश्चिमले १२ ओभर तीन बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

सुदूरपश्चिमको जितमा मंजु बोगटीले २६ रन बनाइन भने रेवती धामीले १७ को योगदान गरिन । यस्तै विन्दु रावलले रनको जोडिन ।योसँगै प्रदेश एक र लुम्बिनी प्रतियोगिताबाट बाहिरीएका छन ।उपाधिको लागि सुदूरपश्चिमले नेपाल एपिएफ क्लबसँग शनिवार खेल्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।