२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

‘दि इन्टर्न’को हिन्दी रिमेकमा अमिताभ

काठमाडाैं- बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधनपछि अब फिल्म ‘दि इन्टर्न’मा अमिताभ बच्चन देखिने भएका छन्।

गत वर्ष जनवरीमा हिन्दी रिमेक ‘दि इन्टर्न’को घोषणा गरिएको थियो। नायिका दीपिका पादुकोणले निर्माण गर्न लागेको उक्त रिमेक ऋषि कपुरको निधनपछि बन्‍ने कि नबन्‍ने अन्योलमा थियो। ऋषिले निर्वाह गर्न लागेको भूमिका अब भूमिका अमिताभले निभाउने भएपछि फिल्म निर्माण प्रक्रिया अघि बढेको छ।

नायिका तथा निर्मात्री दीपिकाले एक पोस्टर सार्वजनिक गर्दै अमिताभसँग दोस्रो पटक काम गर्न लागेको भन्दै उनको स्वागत गरेकी हुन्। उनले लेखेकी छिन्, ‘मेरो सबैभन्दा विशेष सहकर्मीसँग दोस्रो पटकसँगै काम गर्ने मौका मिलेको छ। म दि इन्टर्नको हिन्दी रिमेकमा अमिताभ बच्चनलाई स्वागत गर्दछु।’

अमिताभ र दीपिकाले यसअघि पिकुमा बाबुछोरीको भूमिका निभाएका थिए। ‘दि इन्टर्न’ हलिउडमा धेरै दर्शकको मन जितेको हास्य फिल्म हो। श्रीमती नभएका ७० वर्षीय पुरुषको अनलाइन फेसन वेबसाइटको इन्टर्नका रुपमा काम गर्न पुगेको रमाइलो कथा फिल्ममा छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।