२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

नेपाल पत्रकार महासंघ डडेल्धुरा : ३३ जना चुनावी मैदानमा, पाँच सर्वसम्मत

डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आसन्न निर्वानका लागी ३३ जना चुनावी मैदानमा छन । पाँच जना भने सर्वसम्मत चयन भएका छन । १७ पदका लागी ३३ जना चुनावी मैदानमा उत्रिएका हुन ।

चैत्र २५ गते बुधबार हुने निर्वाचनमा अध्यक्ष पदका लागी बरुण पनेरु र हिक्मत सिंह चुनावी प्रतिशपर्धामा छन । पनेरु पत्रकार महासंघ केन्द्रिय कमिटीले ११ संगठन संग गरेको एलायन्स नेपाल प्रेस युनियनका तर्फ बाट सयुक्त प्यानका उमेदवार हुन ।

उपाध्यक्ष पदका लागी गणेश रोका र हरिश चन्द चुनावमा छन । रोका सयुक्त प्यानलका उमेदवार हुन । यस्तै महिला उपाध्यक्षका लागी निर्मला भट्ट र लक्ष्मी कुमारी ऐर प्रतिशपर्धामा छन । भट्ट सयुक्त प्यानलका उमेदवार हुन ।

सचिव पदका लागी पुष्कर भण्डारी र लोकेन्द्र ओझा चुनावमा छन । भण्डारी सयुक्त प्यानलका उमेदवार हुन ।

खुल्ला सदस्य तर्फ छ सिटका लागी १० जना उमेदवार छन । उमेदवारहरुमा आषिश मल्ल, दिपकराज भट्टराई, दिपक भट्ट, दिपेन्द्र अवस्थी, हर्क बहादुर चन्द, टिकाराम साउद, माधवी भट्ट, भिम बहादुर खत्री, लोकेन्द्र बि.क छन । मल्ल, भट्टराई, भट्ट, अवस्थी, चन्द, साउद सयुक्त प्यानलका उमेदवार हुन । 

महिला सदस्यको एक सिटका लागी ललिता साउद र भावना बि.क पौडेल प्रतिशपर्धामा छन । साउद सयुक्त प्यानका उमेदवार हुन ।
केन्द्रिय परिषद सदस्याको तिन सिटमा पाँच जनाको उमेदवारी छ । उमेदवारहरुमा लाल बहादुर ऐरी, टेकराज अवस्थी, बाबुराम श्रेष्ठ भुवनेश्वर बोहरा र छत्र बहादुर साउद छन । साउद प्यानल बाहिरका एक्ला उमेदवार हुन । ऐरीले सहमती जुटाई सकेको बताएका छन ।
यस्तै प्रदेश परिषद सदस्यको छ सिटका लागी सात जनाको उमेदवारी छ । उमेदवारहरुमा योगेन्द्र रावल, राधा फुलारा, किरन कुमारी थापा, भवानी ऐर मिलन, राजेन्द्र ठगुन्ना, हेमराज अवस्थी र ज्ञानेन्द्र भाट रहेको छन ।

पत्रकार महासंघ डडेल्धुरामा जम्मा ९३ नब्बे सदस्य रहेका छन । सदस्यहरुले मतदान गर्ने छन । अंसभण्डाका आधारमा डडेल्धुरा शाखाको अबको नेतृत्व प्रेस युनियले गर्ने निर्णय महासंघको केन्द्रिय कमिटीले गरेको थियो ।

युनियन बाहेक अरु संगठनरुले उपाध्यक्ष, सचिव, सह–सचिव लगायत सदस्य, केन्द्रिय, प्रदेश परिषद सदस्यामा समन्वय गर्ने महासंघ केन्द्रिय निर्णय थियो ।

नेपाल प्रेस चौतारी बाट हिक्मत सिंहले अध्यक्षमा उमेदवारी दिए पछि चौतारीले पत्र लेख्दै कार्वाही गरेको जनाएको छ ।

कोषाध्यक्ष, सह–सचिव, सह–सचिव समावेसी, सदस्य आदीवासी जनजाती र सदस्य दलित गरि पाँच जना सर्व सम्मत चयन भएका हुन ।

प्रेस युनियनले सहमती जुठाए पछि कोषाध्यक्ष, सह सचिव दुई जना र दलित सदस्यमा एक जना सर्वसम्मत भएका हुन । कोषाध्यक्षमा ललित बोहरा, सह–सचिवमा भपेन्द्र बिष्ट, सह–सचिव समावेसीमा प्रकाश पार्की र दलित सदस्यमा बिमल जैरु लाई सर्व सम्मत गरिएको छ ।
आदिवासी जनजाती तर्फ भक्त गाहामगरको एक्लो उमेदवारी मात्रै परेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।