२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

सुदूरपश्चिममा लोकसेवा आयोग गठन , विज्ञापन खोल्ने तयारी

सुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ । आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेको छ । रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने आयोगको तयारी छ । 

विगतमा कर्मचारी अभावले सरकारी कामकाजमा ढिलासुस्ती हुने गरेको प्रदेश सरकारको दाबी थियो । कर्मचारी भर्ना गरेर दुई तहकै सरकारको कार्यसम्पादनमा सहज हुने आयोगको दाबी छ ।

प्रदेशभर २ हजार ३ सय ११ कर्मचारीको दरबन्दी रहेकोमा चार सय ७० जना प्राविधिक र चार सय ६३ जना अप्राविधिक गरी नौ सय भन्दा बढी कर्मचारीको पद अहिले पनि रिक्त छ । यसअघि प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गरेर कार्यसम्पादनलाई शत प्रतिशत सफल बनाउने दाबी गरे पनि हुन सकेको थिएन । 

यज्ञराज बोहराको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम लोक सेवा आयोगमा लक्ष्मण खड्का र भागरथी राना सदस्य छन् । कर्मचारीको पदपूर्ति गर्न लोक सेवालाई स्वतन्त्र रूपमा काम गर्न दिई त्यसको प्रभावकारिता बढाउनुपर्ने देखिन्छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।