२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

धनगढी आज नेपालकै प्रदूषित सहर, एक्यूआई ४२९ मापन !

वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण कैलालीको धनगढीमा रहेको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) नेपालमै सबभन्दा बढी धनगढीको ४२९ पुगेको छ ।

एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । तर ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ । त्यस्तै एक्यूआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्यूआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।

वन जंगलमा डढेलो, धनगढी लगायतका सहरमा बालिने प्लास्टिकको धुवाँ र धुलोलाई वायु गुणस्तर सूचकांक एक्यूआई बढ्नुको प्रमुख कारण मानिएको छ । कैलालीको चुरेसहित सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका वनमा डढेलो लगाउने क्रम रोकिएको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।