कपिल भट्ट/दार्चुला- दार्चुलाको मालिकार्जुन गाउपालिका दुई स्थित रहेको सरस्वती मा.वि. सेलिचमामा बाल क्लब र किशोरी समुहलाइ बाल अधिकार र बाल विवाह विरुद्ध दुइ दिने तालिम सञ्चालन गरिएको छ।



कार्यक्रम गुडनेवर्स इन्टरनेशनल सस्थाको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल द्वारा संचालित सामुदायिक विकास परियोजनाको आयोजनामा मालिकार्जुन गाउपालिका र महाकाली नगरपालिकाको समन्वयमा आयोजना गरिएको थियो।
कार्यक्रममा सरस्वती मा.वि सेलिचमा र निलपातलेश्वर मा.वि भर्तोलाका वालक्लब र किशोरी समुहका करिब ३० जना विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रममा अतिथी वडा न. २ का वडा सदस्य धन सिह धामी सरस्वती मा वि सेलिचमाका सहायक प्रअ दान सिह धामि शिक्षक अमर धामी उपस्थित रहनुभएको थियो।
कार्यक्रम सहजीकरण गुड नेवर्स इन्टरनेशनल सस्थाका प्रायोजित सेवा तथा बाल सरक्षंण सहायक टिकाराम चौधरीले गर्नुभएको थियो।
कार्यक्रमका अतिथी वडा सदस्य धामिले व्यानेर पढेर कार्यक्रम उद्घघाटन गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सहजकर्ता वसन्ती धामिले गर्नुभएको थियो।कार्यक्रम संचालन विस्ना धामिले गर्नुभएको थियो।

























