२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आयल निगम अगाडि नेविसंघको धर्ना

काठमाडौँ,२३ चैत । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले सोमबार धर्ना दिएको हो ।

वर्तमान सरकारले कोरोना महामारीको समयमा जनतालाई राहत दिनुपर्नेमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आहत दिएको विरोधमा धर्ना दिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।