२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

आहारारा गोल्डकप फूटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

काठमाडौँ,२३ चैत । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । 

पोखरा रंगशालामा सोमवार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले बललाई विपक्षीको गोलपोस्टको जाली चुमाउन सफल भएका थिए ।

पहिलो हाफको अन्त्यतिर मनाङले लिएको १–० को अग्रता निर्धारित ९० मिनेटसम्म कायम हुँदा संकटाले साविक विजेता मनाङलाई घर पठाउन काफी भएको थियो ।खेलमा अमित तामाङले फ्रिकिकलाई मैदानको दायाँ भागमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सोही बल मनाङका खेलाडीबाट फर्केको बल फोफोनालाई गोलको अवसर जुरेको हो ।

प्रतियोगितामा फोफोना म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार जिते । जितसँगै संकटाले पहिलो सेमिफाइनल खेल एपीएफ क्लबसँग खेल्ने छ ।साहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ ६ पटकको च्याम्पियन हो । मंगलवारको खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।