बझाङ,२२ चैत । बझाङको भेराखानी लघु जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । खप्तड छान्ना गाउँपालिकाको विकट क्षेत्र वडा नम्बर ७ मा निमार्ण गरिएको उक्त आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको हो ।



३२ वाट क्षमताको उक्त आयोजनाबाट ३ सय २० घरधुरी लाभान्वित भएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए । उनले आयोजनाबाट गाउँपालिकाका वडा नम्बर १, ७, ८ र ९ का गोरखाली, धर्तिवाडा, कोरकाट्या र लामागडाका स्थानिय लाभान्बित भएको बताए ।
आयोजना गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक करोड ४९ लाख ६२ हजार ६५६ रुपैयाँ लगानीमा निर्माण गरिएको हो । आयोजनाको २०७५ सालदेखि निर्माण सुरु गरिएको थियो ।
Views: 231

























