२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

प्रधानमन्त्री रोगजार कार्यक्रम : कृष्णपुर नगरपालिकामा ३ सय ६६ जनाले पाए रोजगारी

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रम अन्र्तगत ३ सय ६६ जनाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोगजार कार्यक्रमका लागि छनौटमा परेका नगर भित्रका ३ सय ६६ जना बेरोजगारलाई उक्त कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यक्रममा सहभागीहरुले वडा र नगरले छनौट गरेका योजनाहरुको काममा लगाइएको प्रधानमन्त्री रोगजार कार्यक्रम कृष्णपुर नगरपालिकाका संयोजक रमेश प्रसाद भट्टले जानकारी दिए । यसका लागि १ करोड ८९ लाख ३ सय ६६ रुपैया बजेट आएको उनले बताए ।

आर्थिक अबस्था कमजोर भएका बेरोजगारहरुले वडामा फाराम भरेकाहरुको आवश्यक प्रकृया पुञ्याएर नगरबासीहरुलाई प्रधानमन्त्री रोगजार कार्यक्रम कार्यक्रममा समेटिएको उनले बताए ।

छनौट भएका बेरोजगारहरुले दैनिक ५ सय १७ रुपैयाका दरले एक सय दिनको रोजगार पाउने संयोजक भट्टले बताए ।

उनीहरुलाई नगरभित्रका भित्रि सडकहरुको मर्मत सम्भार , नयाँ ट्याक खोल्ने , नाली बनाउने , तालजाली हाल्ने , सिचाईका नालीहरु खन्ने लगाएतका काममा लगाइएको उनले बताए । सुरुमा केही वडाहरुमा माघ ४ गतेवाट उक्त कार्यक्रमम सुरु भएपनि केही वडाहरुमा अहिले काम सुरु गरिएको उनले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।