डडेल्धुरा- डडेल्धुरामा जेसिवी मेसिनले सडकबाट मुडा फाल्दा एक किशोरीको मृत्यु भएको छ ।



मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ मणिलेककी १३ बर्षीय किशोरी रजन्ती दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए ।
अहिले प्रहरी घटना स्थलमा पुगेको छ ।
सडकबाट ३० मिटर तल खोलामा घास काटदै गरेकी किशोरीको मृत्यु भएको हो। जेसीवीबारे अहिले केही खुलाईएको छैन । केही समयपछि पुरा विवरण दिने प्रहरीको भनाई छ । थप अनुसन्धान भइरहेको छ ।
Views: 614

























