धनगढी । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको निर्वाचनमा १७ पदका लागी ४७ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन समितिको कार्यालयले शुक्रवार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।



प्रदेश महासङ्घको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी छ भने उपाध्यक्षमा २,महिला उपाध्यक्षतर्फ २,महा–सचिवमा ५ जना,सचिवमा २,(समावेशी) सचिवमा २ जना,कोषाध्यक्षमा ३ जना,खुल्ला सदस्यमा १३,महिला सदस्यमा ७,दलित सदस्यमा ३ जना,आदिवासी जनजातिमा ३ जना र अल्पसङ्ख्यक÷अपाङ्ग सदस्यमा १ जनाको उम्मेदवारी परेको छ ।
अल्पसङ्ख्यक÷अपाङ्ग सदस्यमा कसैको दाबी नपरेपछि प्रेस चौतारीको तर्फबाटका उम्मेदवार नहकुल जीसी निर्विरोध निर्वाचित भएका छन् ।
Views: 557

























