कञ्चनपुर ,२० चैत । कञ्चनपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ।



जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनाबारी बस्ने अन्दाजी ६८ वर्षीया सोमती रानाको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
उनका अनुसार घरमा आगो बालेर सुतेका बेला आगलागी हुँदा रानाको मृत्यु भएको जनाएको छ ।
Views: 579

























