काठमाडौं,२० चैत । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ । राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरण अभियानको शुभारम्भ गरेकी हुन् ।



सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुने उनले बताए । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको समेत उपस्थिती रहेको छ ।
Views: 520

























