कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा माइती नेपाल कञ्चनपुरको सहकार्यमा नगर स्तरीय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन गरिएको छ । उक्त नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।



समितिमा नगर प्रमुख सुनारसहित सदस्यहरूमा नगर उपप्रमुख चिनी ओझा गिरी, इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लाल बहादुर बम, भानु माविका प्रधानाध्यापक यज्ञराज पण्डित, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टलगायत १३ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।
दोधारा चाँदनी नगरपालिकाको भारतसँग खुला सीमा रहेका कारण मानव बेचबिखनको उच्च जोखिममा रहेको बताइन्छ।
Views: 523

























