काठमाडौं: एक १३ वर्षीया बालिकाको अश्लिल फोटो बनाएर आफन्तको फेसबुकमा पठाउने युवक पक्राउ परेका छन्। तनहुँ भानु नगरपालिका ८ घर भई हाल काठमाडौं बालाजु बस्ने ३८ वर्षीया सविन राज मिश्रलाई बिहीबार पक्राउ गरिएको हो।
उनले अश्लिल फोटो तथा सामाग्रीहरु फेक आईडी मार्फत निज बालिकाको दिदी एवं आफन्तहरुलाई पठाएने गरेका थिए। प्राप्त भएको निवेदन एवं सूचनाका आधारमा अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न देखिएको कारण प्रहरीले मिश्रलाई पक्राउ गरेको हो।
सविनाज मिश्रलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 68