२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

डडेल्धुरामा रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

डडेल्धुरा । जिल्लामा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । अजयमेरु गाउँपालिका–१ समैजी महर गाउँकी २३ वर्षीय युवती धना बोहराको ज्यान गएको होरुखमा घाँस काटदै गर्दा रुखमा छोएको विद्युत्को तारबाट करेन्ट लागेर युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।

तारको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सुनुवाइ नै नभएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।