२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

धनगढीको होटलमा पुरुष मृत फेला प्रकरण : आफन्त आन्दोलित

धनगढी । धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन्। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका छन्।

सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २ दिनदेखि होटलमै बसिरहेका थिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत युवतीलाई गएराति नै नियन्त्रणमा लिएको थियो। तर मृतकका आफन्तले घटना शंकास्पद रहेका बेला प्रहरीले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।