२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् ।

सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।

यो पनि पढ्नुहोस
के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड रु
रियाका अनुसार, उनले जुन ८ तारिखमा सुशान्तको अपार्टमेन्ट छाडेकी थिइन् । सुशान्त डिप्रेशनमा जुधिरहेकाले पनि आफूले अपार्टमेन्ट छाडेको उनले बताएकी छिन् ।

उनका अनुसार, सुशान्तले सो समयमा डिप्रेशनको औषधी पनि खाइरहेका थिए । रियाले सुशान्त सिंहको घटनाको छानबिन मुम्बइमा हुनुपर्ने माग समेत सर्वोच्चमा गरेकी छिन् ।

तर, रियाको भनाइलाई सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखन्डेले अस्विकार गरेकी छिन् । सुशान्तले आफ्नो भविष्यको योजना बनाइरहेकाले पनि उनी डिप्रेशनमा नभएको अंकिताको तर्क छ । अंकिताले एक भारतीय टेलिभिजनमा दिएको बयान अनुसार, सुशान्त साना–साना कुरामा खुशी खोज्ने गर्दथ्य ।

अंकिताले प्रश्न गरेकी छिन्–‘उनी अभिनय बाहेक अरु धेरै कामहरु गर्न चाहन्थे, यसैले यस्तो मानिस कसरी डिप्रेशनमा जान सक्छ रु’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।