डडेल्धुरा,१८ चैत । माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।



जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा माटो खन्दा अमरगढी–७ कि अन्दाजी ४५ वर्षिय नारु देवि ऐरीको मृत्यु भएको हो । सुरुङ भित्रबाट माटो खन्दा माटोको ढिस्कोले पुएिर अन्य दुई जना घाईते भएका छन् ।
घाईते हुनेमा सोही ठाँउकै शारदा ऐरी र कल्पना विक रहेका छन् । बुधबार दिउसो घर पोत्ने माटो खन्ने क्रमममा माटोको डाबर भित्र चार जना महिला पुरिएका थिए ।
चार जना मध्ये तिन जनाको उद्दार गरिएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । घाईते दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Views: 571

























