डडेल्धुरा – डडेल्धुरामा लाटागन्याप रिभोलुसनरि युवा क्लब बिगत देखि नै समाजमा भइरहेको गलत गतिबिधि र बिकृतिका बिरुद्ध आवाज उठाउदै आएको छ।



डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका लाटागन्याप रिभोलुसनरि युवा क्लब सकरात्मक सोच र सकरात्मक कार्य गर्दै अगाडि बढ्दै गएको छ। समाजमा रहेका समस्या मध्ये ज्वलन्त उदाहरण हो मदिरा। मदिराले गर्दा महिला हिँसा ,कलह, झैंगडा बढ्दै गएको छ ।
समाजमा जाडक्सिले कलह,झगडा निमत्याउने गरेकाे पाईन्छ। जाडरक्सि नियन्त्रण गर्नुका लागि उक्त अभियान अन्तर्गत क्लबले पहिलो चरणमा वडा नंम्वर ४ का ५५० जनाको हस्ताक्षर संकलन गरेको छ।
उक्त अभियानले अन्य वडा र समाजमा सकरात्मक प्रभाव परोस र समाजमा परेको नकारात्मक प्रभाव कम गर्न सन्चालन गरिएको क्लब प्रतिनिधि दुर्गा भट्टले जानकारी दिए।
याे सकरात्मक पहल नयाँ आर्थिक वर्ष भित्र सम्पुर्ण मदिरा नियन्त्रण गरिने गाउँपालिका अध्यक्ष नवल बहादुर मल्लले प्रतिबद्धा समेत गरेका छन्।


























