२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

नेपाल खनाल पक्षको आरोप- ‘ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त गरे’

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न षडयन्त्र रचेको आरोप लगाएका छन् ।

मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल(खनाल पक्षले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देश र त्यसबाट पारित विधान मिच्दै ओलीले स्वेच्छाचारी काम गरेको आरोप लगाएका हुन् ।

सोमवार ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेसँगै त्यसबारे छलफल गर्न बसेको उक्त पक्षको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।’ जारी वक्तव्यमा भनिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।