२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

भारतीय सेनाले नेपाली सेनालाई दियाे एक लाख डोज कोरोना खोप

काठमाडौँ,१७ चैत । भारतीय सेनाले नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको एक लाख डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ मध्ये पहिलो खेपको खोप हस्तान्तरण गरेको छ।

मंगलबार जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेले भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रधानसेनापति थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। त्यसलगत्तै भारतीय राजदूत क्‍वात्राले खोप हस्तान्तरण गरेका थिए।

उक्त हस्तान्तरण कार्यक्रममा जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।