२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौँ ,१६ चैत ।  नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ । नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै  त्रिदेशीय कप फुटबलको उपाधि जितेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए ।त्यस्तै खेलको ८३औ मिनेटमा बंगलादेशका महबुर रहमानले गोल गरेका थिए ।  

यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो ।त्यस्तै बंगलादेशले भने कीर्गिस्तान यू-२३ लाई १-० गोलले पराजित गरेको थियो भने नेपालसँग यसअघि गोलरहित बराबरी खेलेको थियो ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले फाइनल खेल पुरै हेरेका थिए ।त्यस्तै फाइनल खेलमा नेपालका विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अन्तिम खेल खेलेका छन् ।

विराज खेलको ८९ औ मिनेटमा मैदान प्रवेश गरेर आफ्नो अन्तिम खेल खेलेका थिए । विराजले नेपालका लागि ७३औ अन्तर्राष्ट्रिय खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय क्यारियर टुंगाएका हुन् । उनी नेपालका लागि अहिलेसम्म सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।