२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

मलेसियामा सेक्युरिटी गार्ड कुटिएकोबारे नेपाली दूतावासले देखायो चासो

काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ ।

उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ ।

दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।