२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागमा रोजगारीको अवसर

अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको छ।

२१ वर्ष पूरा गरेका नेपाली नागरिकले www.customs.gov.np वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्। त्यसका लागि मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ।

६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको विभागले जनाएको छ।

इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ। दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ।

यस सम्बन्धी विस्तृत जानकारी आजको गोरखापत्रमा विभागले निकालेको सूचनामा छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।