बर्दिया, १६ चैत । बाघको आक्रमण बाट बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गेरुवा गाँउपालिका १ जनकनगरका ३५ बर्षिय चुलाराम थारु रहेका छन् ।



बाघको आक्रमणबाट घाइते थारुकोे टाउको र ढाडमा गम्भीर चोट लागेको छ । घाइते चौधरीलाइ उपचारकालागी नेपागञ्ज लगिएको छ ।
स्थानिय रामकृष्ण घर नजिकैको धान खेतमा सिचाइ गर्न निस्केका बेला बासघारी बाट आएको बाघले चौधरीलाइ सोमबार बिहान आक्रमण गरेको स्थानियले बताएका छन् ।
अहिले बर्दिया राष्ट्रय निकुञ्ज अन्र्तगत बञ्जरिया पोष्टको टोलि र इलाका प्रहरी कार्यलय पाताभारको टोलिले घटनाको अनुसन्धान गरिरहेको छ ।
जंगली बाघ आतंकबाट स्थानिय आक्रान्त बनेका छन् भने सरोकारवाला निकाय मौन बसेको समेत आरोप लगाउदै आएका छन् ।
Views: 139

























