धनगढी, १६ चैत । कैलालीको कैलारी गाउँपालिका ५ पवेरा बजारमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ ।



से ३ प २२ ५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१ नम्बरको मोटरसाइकल गएराती सवा नौ बजे आपसमा ठोक्किएका थिए ।
मृत्यु हुनेमा २२५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका ८ का २५ वर्षीय सुमन चौधरी रहेका छन् ।
धनगढी स्थित सेती प्रादशिक अस्पतालमा उपचारको क्रममा गएराती नै उनको मृत्यु भएको छ ।
सोही मोटरसाइकलमा पछाडी सवार व्यक्ति र ७४५१ नम्बरको मोटरसाइकलका चालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
Views: 152

























