२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात प्रयास

डडेल्धुरा: डडेल्धुरा अस्पतालले अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य बिरामीहरुको उपचार गरिरहेका बेला एक समूहले चिकित्सकमाथि हातपात गर्ने प्रयास गरेको थियो। शुक्रबार एक विज्ञप्ति निकाल्दै अस्पताल प्रशासनले हातपात प्रयास गर्नेमाथि कारबाहीको माग गरेको छ।

‘भीड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भीड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन अस्पताल तथा बिरामीहरूको सुरक्षाप्रति संवेदनशिल भई दिन हुन सबैमा अनुरोध गर्दछ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियमानुसार कारवाही गर्न प्रशासन समक्ष माग गरिसकेको जानकारी गराइन्छ।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको र दोषी माथि कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

सुदूरपश्चिमका साता पहाडी जिल्लाका बिरामी आउने यस अस्पतालमा यसअघि पनि चिकित्सकमाथि हातपात भएको थियो।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।