२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

होली खेल्दै हुनुहुन्छ? गल्तीले पनि यी कुराहरु नगर्नुस्

रंगहरुको पर्व होली हिन्दहरुको वर्षमा एकपटक फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने विशेष पर्व हो। होली पर्व आज देशका पहाडी क्षेत्रहरुमा विशेषरुपमा मनाइँदैछ। होली खुसी सटासाट गर्ने, रमाइलो गर्ने पर्व हो।

होलीमा बालबालिका, युवामात्र रमाउँदैनन्, वृद्धवृदा पनि होलीमा रमाउने गर्छन्। हामीहरु होली खेल्नका लागि बजारमा उप्लबध हुने रंगहरुको प्रयोग गर्ने गर्दछौं। बजारमा पाइने कतिपय रंगहरुमा विभिन्न प्रकारका रसायन मिसाएको हुन्छ। जसले गर्दा हाम्रो शरीरमा क्यानसरसमेत हुन सक्छ। तसर्थ होलीमा रंगसँग खेल्दा विशेष सावधानी अपनाउनुपर्छ।

-प्राकृतिक रंग र सफा पानीको प्रयोग गर्ने ।

-गाढा रंगको प्रयोग नगर्ने ।

-सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने । साथै रंग खेल्नु अघि शरीरमा तोरीको तेल लगाउने ।

-बालबालिकालाई विशेष सावधानीमा राख्ने ।

-बालबालिकालाई सडकमा होली खेल्न रोक्ने । नत्र दुर्घटना पनि हुन सक्छ ।

-आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने ।

-कसैलाई पनि इच्छा विपरित रंग लगाउने वा लोलाले नहान्ने । अन्यथा कारबाही हुन सक्छ ।

-अहिलेको समयमा कारोना भाइरसको संक्रमण दैनिक रुपमा बढदो क्रममा रहेको छ । तसर्थ सकेसम्म भिडभिाडमा नजाने । जसले गर्दा संक्रमण झन बढ्न सक्छ ।

-होली केही समय मात्र खेल्ने ।

-अपरिचित व्यक्तिलाई बाटो छेकेर रंग नलगाउने ।

-बाटोमा हिँडेको मान्छेलाई लोला हान्ने सोचले कुनै पनि अग्लो स्थान वा घरको छतको रेलिङमा नबस्ने नत्र लड्न सकिन्छ ।

-होली रमाइलोको लागि भनेर मदिरा वा भाङ सेवन नगर्ने ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।