२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

गुल्मीमा १४ वर्षीया छोरी गर्भवती भएपछि आमाले कस्ले यस्तो गर्यो भनेर सोध्दा, छोरीले आफ्नै बुवालाई देखाएपछि….

काठमाडौ । बालिका आफ्नै घरमा असुरक्षित भइन् । जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भक्षक भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कुकर्मले अहिले गाउँकै बेइज्जत भएको छ ।

बालिका २० हप्ताको गर्भवती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो । विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको कतुर्तको बारेमा खुलासा भयो । रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक कर णी गरेको खुलेको हो ।

विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान विरुद्ध उजुरी दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध म्की दिँदै कतै त्यसवारे नभन्न भनेका थिए ।

छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन् । आमाले दिएको उजुरी पछि बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो ।

बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द’वावमा पार्दै आएको खुलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै द’वावमा पारेर घटनावारे सार्वजनिक नगर्न चे’तावनी दिएको बताए ।

बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।