२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

एमालेका सांसद महेश बस्नेतले धनगढी पुगेर भने :’भीम रावल हराएको सूचना गर्दछु’

धनगढी –राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज एबमा नेकपा एमालेका सांसद महेश बस्नेतले धनगढी पुगेर पार्टी उपाध्यक्ष भीम रावल हराएको टिप्पणी गरेका छन् ।‘मैले यहाँ भीम रावललाई देखेको छैन’ उनले भने, ‘भीम रावल हराएको सूचना गर्दछु ।’

रावल प्रति आक्रामक देखिएका बस्नेतले भने – ‘पटक-पटक अवसर पाएपछि सरकारको समर्थन गर्ने र अवसर नपाउँदा सरकारको विरोध गर्ने रावलको दोहोरो चरित्र देखाउँदै आएका छन् ।’

एमालेको संसदीय दलको बैठकमा समेत रावल नगएको भन्दै बस्नेतले अहिले पनि रावलले पार्टी विरोधी गतिविधि गरिरहेको बताए । कम्युनिस्ट आन्दोलनमा अवरोध सृजना गरेको भन्दै रावललाई एमालेमा फर्किन कठिनाइ भइरहेको बस्नेतले बताए ।

सच्चिएर आए रावललाई नेता मान्न सकिने समेत बस्नेतले बताएका थिए । बस्नेतले भने, ‘सच्चिएर आए रावललाई नेता मान्न सकिन्छ, नत्र बुढेसकालमा पछुताउनु पर्छ ।’ 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।