२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीमा धेरै नागरिक प्रभावित भएका छन्।

अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ। अरू केही व्यक्ति घाइते पनि भएका छन्। आँधीबाट कैयौँ घरमा क्षति पुगेको छ। केही घर आँधीले भत्काइदिएको छ। अरू भौतिक संरचनामा पनि क्षति पुगेको छ।

अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ। त्यसैगरी, दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ।

त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो। यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ। सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।