२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

पुष्प, वर्षा, आँचल र सागरको ‘ब्रेकअप गरौंला’

गायिका समिक्षा अधिकारी र गायक किरण भुजेलको स्वरमा समावेश ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत, तिलकप्रताप चन्दको शब्द छ । ६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौंला’ हिट भएपछि निर्देशक सरोज वलीले सिरिजको रुपमा ‘माया गरौंला–२’ सार्वजनिक गरेका हुन् ।

यो गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, सागर लम्साल लगायतका कलाकारको अभिनय छ । भिडियोमा सागर र आँचल, पुष्प र वर्षा जोडीको रुपमा देखिएका छन् । सरोज वलीको निर्देशनमा तयार भएको यो भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलालको सम्पादन छ ।
https://www.youtube.com/watch?v=3jsDcoULdx4
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।