२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

विद्यार्थीलाई सचेतना मुलक अभियान चलाउदै ईलाका प्रहरी कार्यालय झलारि

जय ऐर / कंचनपुर- कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकाका रहेकाे ईलाका प्रहरी कार्यालय झलारिले विद्यार्थीलाई सचेतना मुलक अभियान संचालन गरिरहेकाे छ।

समाजमा हुने विभिन्न अपराधिक घटनाकाे राेकथाम संगै न्युनिकरण गरि समाजमा शान्ति सुरक्षा कायम गर्ने पवित्र उदेश्य राखि प्रहरीले विभिन्न विध्यालयमा सचेतना मुलक अभियानकाे थालनि गरेकाे हाे।

ईलाका प्रहरी कार्यालय झलारिले शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका रहेका विभिन्न १०वटा जति विध्यालयमा लागू औषध दुव्र्यसनवाट हुने हानि नाेक्सानि यसकाे समाधान, न्युनिकरण, सामाजिक संन्जालकाे दुरुपयोग कानुनि प्रावधान वारे जानकारी लगायतकाे विषयमा सचेतना मुलक अभियान सम्पन्न गरिसकेकाे प्रहरी निरिक्षक कर्ण वहादुर वाेहराले जानकारि दिएका हुन्।उनलेभने विद्यार्थी भविष्यका कर्णधार हुन्।

No description available.

विद्यार्थी हरूवाटै सभ्य सुसंस्कृत समाजकाे निर्माण गर्न सकिने भएकाले पहिलाे सचेतना मुलक अभियान विध्यालय वाटै शुरूवात गरेकाे वताए।यस्तै प्रहरी निरिक्षक वाेहराले भने सचेतनाकाे वढि आवश्यकता विभिन्न कुलतमा फसेका वेराेजगार युवा युवतीलाई पर्ने भएकाले समयसमयमा हामिले तिनिहरूलाई पनि विभिन्न कार्यक्रम मार्फत सचेत पार्ने गरेकाे उनकाे भनाई रहेकाे थियाे।

पछिल्लो समयमा विद्यार्थी संगै युवा युवती वाटैजानि नजानि ठुलठुला अपराधका घटना घटाउने विभिन्न कुलतमा फस्ने घटनाकाे वृद्विहुनु निराशाजनक रहेकाे वताउदै ईलाका प्रहरी कार्यालय झलारिका प्रमुख समेत रहेकाे प्रहरी निरिक्षक वाेहराले भने स-साना किशोर किशाेरि लाई कानुनी शिक्षाकाेज्ञानकाे अभाव,चेतनाको कमि,गलत व्यक्तिकाे संगतमा लहलहमा लागेर पनि धटना घटाउन सक्छन्।

उनिहरूलाई घरपरिवार, समाज,राज्यले पनि सचेत पार्नुपर्ने हुन्छ।विद्यार्थी युवालाई सहि वाटाेमा लैजाने साझा जिम्मेवारी हामी सवैले लिनुपर्ने समेत उनले सुझाव दिए।विध्यालयमा सचेतना मुलक अभियान चलाई रहेकाे प्रहरीले शुक्रबार भने ईलाका प्रहरी कार्यालय झलारिमै वेष्ट प्वाइन्ट माविका कक्षा१२का विद्यार्थी लाई आमन्त्रण गरि प्रहरी कार्यालय वाटदिने सेवासुविधा वारे जानकारि गराईएकाे छ।

प्रहरी संग १दिन कार्यक्रमको शुरूवात गरि ईलाका प्रहरी कार्यालयका सम्पुर्ण शाखा हरूकाे अवलोकन जानकारी गराउनुका साथै हिरासत कक्ष वारे समेत जानकारि गरिएको प्रहरी निरिक्षक वाेहराले वताए।उनले समुदाय संग साझेदारी गर्न अतिआवश्यक छ।

समाजमा घट्ने अपराधका घटनाबारे समाजमानै धेरै सुचना लुकेर वस्दा अपराध नियन्त्रणमा समस्या आउनसक्ने भएकाले सुचना वढिभन्दा वढि प्राप्त हुन सकाेस र अपराध नियन्त्रणमा सहजहाेस भनेर प्रहरी संग १दिन कार्यक्रमको शुरूवात गरिएकाे जिकिर गरे।

वेष्ट प्वाइन्ट मावि झलारिका प्रीन्सिपल डिवि जाेशिले भने एकदिनकाे समयमा विद्यार्थीले प्रहरी कार्यालय वारे जानकारि लिनुका साथै कार्यालयले प्रवाह गर्ने सेवाकाे वारेमा पनि सहज रूपमा कार्यालयमै उपस्थित भई जानकारी लिने अवशर मिल्नु खुसिकाे कुरा हाे।

भन्दै जाेशिले भने प्रहरी कार्यालयको अवलोकन गर्ने अवसर पछि विद्यार्थी को आत्मविश्वास वढेकाे छ।विभिन्न खाले समाजमा हुने अपराधिक घटना कुरितिकाे राेकथाम कानुनि व्यवस्था वारे समेतकाे सचेतना मुलक अभियानले विद्यार्थीको हाैसला वढ्नुले समाजमा घट्ने घटनाकाे निराकरणमा वलपुग्नेमा आफू आशावादी रहेकाे प्रीन्सिपल जाेशिले वताए।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।