२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा ८५ सङ्क्रमित थपिए, ९३ कोरोनामुक्त, ३ को मृत्यु

नेपालमा कोरोनाभाइरसका ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ४३५ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले हालसम्म २२ लाख ५९ हजार ४५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मन्त्रालयले हालसम्म तीन हजार २७ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ । हाल एक हजार २८८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५९ जना हाल क्वारेन्टिनमा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।