नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन्। नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।



ुहत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ। नलिई है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका छन्,’अध्यक्ष प्रचण्डले भने,’अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।ु
राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको समेत उनले बताए। उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए।
Views: 403

























