नेपाल, नेदरल्यान्ड्स र मेलेसियाबीच टी–२० सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगमी बैशाखमा त्रिदेशीय क्रिकेट सिरिज हुन लागेको हो।



क्यानले शुक्रबार विज्ञप्ति निकाल्दै नेपाल, नेदरल्यान्ड्स र मेलेसिया सम्मिलीत सिरिज बैशाख ४ देखि ११ (अप्रिल १७ –२४) सम्म सिरिज हुने जानकारी दिएको हो।
सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। सिरिज डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। कोरोना महारमारीलाई ध्यानमा राख्दै सहभागी हुने सबै टिम बायो बबल्समा रहने छन् भने सबैको पिसिआर परीक्षण गरिने छ।
नेपालले खेल्ने तय भएको आइसिसी विश्व त्रिकेट लिग–२ कोरोनाका कारण स्थगित भएपछि क्यानले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
Views: 219

























