२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

पढ्न चहाने बिधार्थीहरुको भबिष्य माथि खेलवाड भएको भन्दै बिधार्थी संगठनद्धारा ध्यानाकार्षण

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बि.बि.ए पढ्न चहाने बिधार्थीहरुको भबिष्य माथि खेलवाड भएको भन्दै बिधार्थी संगठनहरुले आफ्नो ध्यानाकार्षण भएको जनाएका छन् ।सु.प विश्वबिधालयको आंगिक क्याम्पस रहेको उक्त क्याम्पसका प्रमुख डम्बर बहादुर पाललाई बिधार्थी संगठनहरुले आज संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै बि.बि.ए पढ्न चहाने बिधार्थीहरुको भबिष्य माथि खेलवाड नगरी बिधार्थीहरुको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका हुन् ।

बिबिएको प्रबेश परीक्षमा बिधार्थीहरुको भबिष्य माथि खेलवाड गर्ने काम भएको भन्दै यस तर्फ सम्पूर्ण बिधार्थी संगठनहरुको गम्भिर ध्यानकार्षण भएको नेविसंघका ईकाई प्रतिनिधि जगत महराले बताए ।उनले पछिल्लो समयमा लिएको प्रबेश परीक्षावाट कोटा भन्दा थोरै मात्रै बिधार्थीहरु उत्तिर्ण भएकाले बिधार्थीको कोटा खाली भएका क्याम्पसमा पुन प्रबेश परीक्षाका लागि अनुरोध गरिएको बताए ।

हामी तिन दिन भित्र प्रबेश परीक्षाको घोषणा गर्न जोडदार माग गर्दछौ ।यदि तिनदिन भित्र प्रबेश परीक्षाको मिति घोषणा भएन भने बिधार्थीहरुको हकहितका लागि आफुहरु सशक्त आन्दोलनमा जान बाध्य हुने नेविसंघका ईकाई प्रतिनिधि महरा , अखिल क्रान्तिकारीका एकाई अध्यक्ष महेश बिष्ट , अनेरास्ववियूका जिल्ला कमिटि सदस्य मिलन कामी , अखिल क्रान्तिकारीका गोपाल साउँद र प्राज्ञिक बिधार्थी परिषदका नगर कोषाध्यक्ष रमेश खड्काद्धारा हस्ताक्षित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।